SKIP THIS

MLBL
IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको सिइओको लागि सर्ट लिष्टमा परेकाहरुको अन्तर्वार्ता पुस १६ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती समितिले सर्ट लिस्टमा परेकाहरुलाई यहि पुस १६ र १७ गते अन्तर्वाता लिने भएको छ । समितिले उनिहरुलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण गर्न लगाउनेछ । शुक्रवार तोयनाथ अधिकारी र बुद्धकाजी श्रेष्ठले अन्तर्वार्ता दिने छन् भने शनिवार राम बहादुर थापा, सुरेन्द्र थापा र शेखर बरालले दिने छन् ।

पदको पदपुर्ति सिफारिस उपसमितिले ११ जना मध्येबाट उनिहरुको नाम सर्टलिस्ट गरेको थियो । पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार पेश भएका व्यक्तिहरु मध्येबाट शैक्षित योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनबाट प्राप्त गरेको अंकको आधारमा ५ जनाको नाम सिफारिस गरिएको छ ।

Prabhu
Crest

यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद गत भदौदेखी खाली छ । पदपुर्ति उपसमितिले अवको केहि समय भित्रै नाम छनोट गर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS