Connect IPS
IME Life

सूचक सँगै कारोबार रकम खुम्चियो, यि हुन शेयर बजार घट्नुका ५ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएको साता उचालिएको शेयर बजार यस साता लगातार घटिरहेको छ । आज मंगलबार पनि नेप्से सूचक २.२६६ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि तीन अर्ब १२ करोड रुपैयाँमा सिमित भएको छ । आजको इन्ट्रा डे कारोबारमा नेप्से सूचक ४५ अंकसम्मले तल झर्यो । तर कारोबारको पछिल्लो समयमा बाउन्स हुने क्रममा २.२६६ अंकले मात्रै घटेर २५१८ अंकमा रोकिएको छ । आज बैंकिङ बीमा लगायतको सूचकमा गिरावट देखिएको छ ।

Prabhu
Crest

गएको साता कांग्रेसको अधिवेशन पछि सरकारले चुनावको तयारी गर्ने तथा बीमा कम्पनीले पूँजी बृद्धि योजना ल्याउने हल्लाले सुधार भएको थियो । तर दुबै कुरामा सत्यता नभएको पाइए पछि केहिदिनदेखि शेयर बजार पुनः घट्न थालेको छ । गएका सातामा शेयर बजार सबैभन्दा तल्लो विन्दु २२ सय हाराहारीमा पुगेर सुधार हुने क्रममा कांग्रेसको अधिवेशन सकिए लगत्तै सरकारले चुनावको घोषणा गर्ने हल्ला चलेको थियो । यहि हल्लामा लगानीकर्ताले शेयर बजार पनि सुधार गर्न भ्याए । तर प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीको अधिवेशनमा मन्तव्य दिने क्रममा सरकारले ‘अर्लि इलेक्सन’ नगर्ने भन्दै मन्तव्य दिएका थिए । उनको यहि अभिव्यक्तिले हिजो शेयर बजारमा ठुलै पहिरो गयो ।

गत आइतबार बीमा  समितिले बीमा कम्पनीको पूँजी बृद्धि योजना ल्याउन लागेको हल्ला चलाइएको थियो । तर यस विषयमा बीमा समितिका उच्च अधिकारीले कुनै पनि सत्यता नभएको बताए सँगै बीमा कम्पनीको शेयर मूल्य जसरी सुधार भएको थियो त्यसरी नै घटेको हो । यसै क्रममा समग्र शेयर बजार पनि तल झरेको छ ।

यो महिना दोस्रो त्रैमाशिको अन्तिम महिना हो । लगानीकर्ताहरुले अव विस्तारै दोस्रो त्रैमाशको व्याज, किस्ता तथा कर तिर्नका लागि शेयर बिक्री गर्न थाल्ने छन् । यसले शेयर बजारमा थप सप्लाइ बढ्छ । अर्को तर्फ बैंकिङ प्रणालीमा अहिलेसम्मकै पेनिक अवस्था शिर्जना भएको छ । बैंकहरुको साप्ताहित निक्षेप संकलन तथा कर्जा लगानी हेर्यो भने दयनिय छ । बैंकहरुको नयाँ कर्जा दिनै नसक्ने अवस्थामा छन् । अर्को तर्फ यदि ठुला निक्षेपकर्ताले बचत झिक्न आयो भने बैंकहरु तर्सिने अवस्था छ । अहिलेको तरलता अभावको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंक तथा नेपाल सरकार सँग ठोस नीति तथा कार्यक्रम छैन । यसले पनि शेयर बजारलाई प्रभावित पारिहरेको छ ।

दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये अधिकाम्सले यहि महिनामा साधारणसभा गर्दै छन् । साधारणसभाका क्रममा अधिकाम्सले बुक क्लोज गरिरहेका छन् । बुक क्लोज सँगै कम्पनीहरुको मूल्य समायोजन हुँदा दोस्रो बजार प्रभावित भइरहेको छ । अर्को तर्फ बुक क्लोज हुनु भनेको कम्पनीको खोक्रो हुनु हो । अव कम्पनीको लाभांश पाउन अर्को एक वर्ष कुर्नु पर्ने हुन्छ । त्यसैले गर्दा सूचिकृत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिदैन । त्यसैले प्राय पुस र माघ महिना शेयर बजारका लागि खासै राम्रो मानिदैन । अर्थात यस अवधिमा शेयर बजारलाई अफ सिजनको रुपमा चिनिन्छ । फागुन चैत पछि मात्रै बल्ल अर्को वर्षमा कम्पनीले लाभांश दिन सक्ने अनुमान लगाउदै लगानीकर्ताको आकर्षण बढ्न थाल्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS