IME Life
Beema Board

सन नेपाल लाइफ नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नको लागी नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्नसक्नेछन् । एनपीएमा जोडिए पछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त प्रणाली मार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायतआफ्ना लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन् ।

यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन् । साथै सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ ।

सन नेपाल लाइफका बीमितहरुले आफ्नो बीमा शूल्क पनि अनलाइन मार्फत , बैंक शाखाहरुबाट वा सदस्य बैंक/वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानल मार्फतसजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS