IME Life
Beema Board

प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र एलआइसी खुम्चिदा प्रभु र सिटिजनको सत प्रतिशतले सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रथम बीमा शुल्क आर्जनमा पुराना बीमा कम्पनीहरु नेपाल लाइफ, एलआईसी नेपाल, गुराँस लाइफ, प्राइम लाइफको खुम्चिदै गर्दा नयाँ जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफ बाहेक सबैको उल्लेख्य सुधार भएको छ ।

गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राम्रा भनिएका पुराना जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनको बृद्धिदर घट्न थालेको हो । पुराना बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन घट्दा समग्र जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको बृद्धिदर नै तीन प्रतिशतमा सिमित भएको छ ।

Prabhu
Crest

यहि अवधिमा एलआईसी नेपालको सर्वाधिक धेरै ३६ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन खुम्चिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा प्रथम बीमा शुल्क आर्जन जम्मा ९३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै नेपाल लाइफले मंसिर मसान्तसम्ममा २ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले यस्तो बीमा शुल्क आर्जन तीन अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको यस्तो व्यवसाय १७ प्रतिशतले खुम्चिएको हो । गुराँस लाइफको पनि यस्तो व्यवसाय ३७ प्रतिशतले खुम्चिएर २८ करोड रुपैयाँमा झरेको छ । प्राइम लाइफको पनि ५७ करोड रुपैयाँबाट ५६ करोड रुपैयाँमा सिमित भएको छ ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफको मात्रै २१ प्रतिशतले प्रथम बीमा शुल्क आर्जनमा गिरावट देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ९९ करोड रुपैयाँ आर्जन गरेको छ ।

पुराना जीवन बीमा कम्पनीहरु मध्ये पनि केहि बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिएको छ । यस अवधिमा नेशनल लाइफको व्यवसाय ३० प्रतिशतले सुधार देखिएको छ । नेशनल लाइफले ५ महिनाको अवधिमा प्रथम बीमा शुल्क आर्जन मात्रै एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । रकममा हिसावले नेपाल लाइफ पछि नेशनल लाइफ दोस्रो नम्बरमा रहेको छ । त्यस्तै पुराना मध्ये सूर्या लाइफ १९ प्रतिशत, मेट लाइफ २६ प्रतिशत, राष्ट्रिय बीमा संस्थान १० प्रतिशत र एशिएन लाइफले ३ प्रतिशतले सुधार गरेका छन् ।

नयाँ कम्पनी मध्ये सर्वाधिक धेरै सुधार प्रभु लाइफले १०५ प्रतिशतले सुधार गर्दै ४९ करोड रुपैयाँ आर्जन गरेको छ । सिटिजन लाइफले पनि ९७ प्रतिशतले सुधार गर्दै एक अर्ब ५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । आइएमई लाइफले १९ प्रतिशत, ज्योति लाइफ १२ प्रतिशत, सन नेपाल ४ प्रतिशत, रिलायन्स र रिलायबल नेपाल २३ प्रतिशत, सानिमा १० प्रतिशत र महालक्ष्मी लाइफले १६ प्रतिशतले व्यवसाय सुधार गर्न सफल भएका छन् । प्रथम बीमा शुल्क आर्जनमा जीवन बीमा कम्पनीहरु विचमा चर्को प्रतिस्पर्धा हुदै आएको छ । कतिपय बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, शाखा प्रमुख, मार्केटिङ प्रमुख, एजेन्सी म्यानेजरहरु टार्गेट पुरा गर्न आफैले पोलिसी गरिरहेको पाइन्छ । यो केहि व्यक्ति तथा कम्पनीमा मात्रै सिमित छ । तर पछिल्लो समयको सुधार भनेको नयाँ बीमा कम्पनीले आफ्नो क्षेत्र फराकिलो बनाउने प्रयत्न स्वरुप हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS