Connect IPS
IME Life

पुनर्बीमा सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी,उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १४ गते एक दिन बन्द गर्ने भएकाले आज मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश ९करसमेत० वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

Prabhu
Crest

त्यसैगरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते साधारण सभा गर्ने जानकारी दिएको छ ।कम्पनीले सभा बिहान ११ बजे होटल मौर्या सिदार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा गर्ने भएको छ ।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनश शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान १ सुनसरीमा साधारण सभा गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS