Connect IPS
IME Life

लाभांश पारित सहित रिलायन्स लाइफको साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांशलाई अनुमोदन गरेको छ ।

सभाले संचालक समितिमा साधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा डा. बद्री प्रकाश पोखरेल र परिच्छिद खेमका निर्वाचित गरेको छ ।  साथै, सभामा शेयरधनीहरुले कम्पनीलाई आफ्नै जग्गामा भवन निर्माणका लागि सुझाएका थिए । लगानीकर्ताको उक्त सुझावलाई संचालक समितिले आगामी दिनमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

सभामा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ । साथै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS