Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीको सिइओको लागि ५ जना सर्ट लिष्टमा, को को परे ?  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती समितिले आवेदक मध्येबाट ५ जनालाई सर्ट लिस्ट गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ति सिफारिस उपसमितिले ११ जना मध्येबाट तोयराज अधिकारी, बुद्ध काजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराल रहेका छन् । बराल झापाका हुन् भने बाँकी चारै जना काठमाडौंका हुन् ।

Prabhu
Crest

पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार पेश भएका व्यक्तिहरु मध्येबाट शैक्षित योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनबाट प्राप्त गरेको अंकको आधारमा ५ जनाको नाम सिफारिस गरिएको हो । उक्त उपसमितिले यनिहरुलाई व्यवसायिक कार्ययोजनाको प्रतिस्तुतिकरण तथा अन्तर्वार्ताको लागि बोलाउने छन् । यसका लागि अहिलेसम्म मिति, समय र स्थानको निश्चित भइसकेको छैन ।

यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी,  शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पद गत भदौदेखि खाली छ । पदपुर्ति उपसमितिले अवको केहि समय भित्रै नाम छनोट गर्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS