SKIP THIS

MLBL
IME Life
Beema Board

जीवन बीमा कम्पनीले मंसिरमै जारी गरे ५ लाख ४ हजार पोलिसी, माइक्रोपोलिसीमा आकर्षण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरु माइक्रोइन्स्योरेन्स पोलिसीमा आकर्षित हुन थालेका छन् । माइक्रोइन्स्योरेन्स पोलिसीकै कारण मेट लाइफले मंसिर महिनामा सर्वाधिक धेरै २ लाख ४८ हजार वटा पोलिसी जारी गरेको छ । त्यस्तै रिलायबल नेपाल लाइफले मंसिर महिनामा एक लाख ३७ हजार पोलिसी बिक्री गरेका छन् ।

बाँकी कम्पनीहरुले पनि थोरै थोरै बीमाङ्कका पोलिसी बिक्री गरिरहेका छन् । ठुला बीमाङ्कका पोलिसी ठुला अभिकर्ताले टार्गेट पुरा गर्न बिक्री गर्ने गरेको पाइन्छ । तर साना अभिकर्ताले वास्तविक बीमितलाई जारी गर्ने पोलिसी भने थोरै थोरै बीमाङ्ककका हुने गरेको पाइन्छ । अभिकर्ताहरु तथा बीमा कम्पनीहरु पछिल्लो समय माइक्रोपोलिसीमा केन्द्रित हुन थालेका छन् ।

Prabhu
Crest

१९ जीवन बीमा कम्पनीले मंसिर महिनामा ५ लाख ४ हजार वटा पोलिसी बिक्री गरेका छन् । मंसिर महिनासम्ममा ९० लाख ९ हजार वटा पोलिसी बिक्री गरेका छन् । मंसिर महिनामा मात्रै मेट लाइफ तथा रिलायबल नेपाल लाइफ पछि राष्ट्रिय बीम संस्थान ४१ हजार ५९७ वटा, सूर्या लाइफ १४ हजार, नेपाल लाइफ १२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९ हजार ५४३, आइएमई लाइफ ८ हजार १८४, प्रभु लाइफ ८ हजार १५८, एशियन लाइफ ५ हजार ५२७, नेशनल लाइफ तीन हजार ६७९, युनियन लाइफ ३ हजार ५३९, ज्योति लाइफ २ हजार ८५९, सिटिजन लाइफ २ हजार ५७९, प्राइम लाइफ एक हजार ८३२, सन नेपाल लाइफ एक हजार ४१७, महालक्ष्मी लाइफ एक हजार २७, सानिमा लाइफ ९८७, रिलायन्स लाइफ ९०० र गुराँस लाइफ ७६१ वटा पोलिसी बिक्री गरेका छन् ।

जीवन बीमा कम्पनी ५ लाख ४ हजार ३२८ वटा पोलिसी जारी गरेर तीन अर्ब १३ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । हालसम्म जीवन बीमा कम्पनीहरुले ९० लाख ९ हजार वटा पोलिसी गरेका छन् । मंसिर महिनासम्ममा १५ अर्ब ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नविकरण बीमा शुल्क आर्जन ४१ अर्ब ६३ करोड रुपैयाँ आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS