IME Life
Beema Board

तीन कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्दैछन् । नेरुडे लघुवित्त वित्तीय संस्थाले सभा बिहान ११ बजे उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा शुरु गर्ने जानकारी दिएको छ । सभाले २१ दशमलव ४८ प्रतिशत बोनश शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गतेदेखि पुस १० गते बुक क्लोज गर्ने बताएको छ । यस आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी घोडीघोडा लघुवित्तले छैठौं वार्षिक साधारण सभा शनिवार होटल रुबस, धनगढी, कैलालीमा बिहान १० बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ ।

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रालि इटहरीमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने जानकारी दिएको छ ।

सभाले ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ ।यस आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS