Connect IPS
IME Life

शुरु भयो कामना सेवा फुटसल कप २०२१, २४ वटा टिम सहभागी 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ को उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु शुरु भएका छन् । “स्वस्थ शरीर स्वस्थ मस्तिष्क” भन्ने मर्मका साथ कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना भएको प्रतियोगीता काठमाडौं महानगरपालिका ४ हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका हुन् ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पा, बैंकका नि। प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि लगायत उपस्थित थिए ।

Prabhu
Crest

प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका छन । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा कामना सेवा विकास बैंक (हरियो), राष्ट्रिय बीमा संस्थान, सांग्रिला डे बैंक र कुमारी बैंक, समूह बि मा नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक, समूह सि मा नेपाल इन्भेष्टमेण्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक, समूह डि बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक र शाइन रेसुङ्गा डे बैंक, समूह इ मा मेगा बैंक, बैंक अफ काठमाण्डू, लुम्बिनी विकास बैक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन भने समूह एफ मा कामना सेवा विकास बैंक (निलो), माछापुच्छ्र्रे बैंक, महालक्ष्मी विकास बैंक र सिद्धार्थ बैंक रहेका छन । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटिले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS