SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिले नयाँ सञ्चालकलाई स्वागत गर्दै, परिचयात्मक बोर्ड बैठक बस्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले आज नव नियुक्त दुई सञ्चालकलाई स्वागत गर्ने भएको छ । नेपाल सरकारले बीमा समितिको सञ्चालक पदमा आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल र बीमितहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सन्तोष रिजाललाई नियुक्त गरेको थियो ।

मन्त्रालयले बुधबार मात्रै बीमा समितिलाई उनिहरुको नियुक्ती सम्बन्धी जानकारी दिएको हो । मन्त्रालयले उनिहरुको नियुक्ति सम्बन्धी जानकारी उपलब्ध गराए सँगै बीमा समितिले दुबै जनालाई आज पहिलो बैठकका लागि बोलाएको छ । आजको बैठकमा समितिले कुनै पनि एजेण्डा नलैजाने जनाएको छ । आज दुबै सञ्चालकलाई स्वागत गर्ने कार्यतालिका मात्रै रहेको छ ।

Prabhu
Crest

विगत लामो समयदेखि बीमा समितिको पुर्ण सदश्य सहितको बोर्ड बैठक बस्न सकेको छैन । अध्यक्ष सूर्य सिलवालको आग्रहमै उनिहरुलाई सञ्चालक समितिको सदश्य बनाइएको हो । महानिर्देशक पौडेल सिलवालकै रुचिमा ल्याएको स्रोतको दाबी छ । रिजाल भने बीमितको तर्फबाट भन्दै अर्थमन्त्रीले राजीनितिक नियुक्ति गरेका व्यक्ति हुन् । उनिसँग बीमा क्षेत्रमा काम गरेको अनुभव छैन । विभिन्न कलेजमा अर्थशास्त्रको अध्यापन गराउने रिजालको घर दाङ हो ।

रिजाल निवर्तमान सञ्चालक किरण कुमार श्रेष्ठको स्थापनमा आएका हुन् । श्रेष्ठले गत असोजमा समितिको सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले मन्त्रालयमै राजिनामा दिएर बाहिरिए पछि समितिको पुर्ण बोर्ड बैठक बस्न सकेको छैन ।

त्यस्तै यस अगाडीका सञ्चालक सदश्य भन्सार विभागका महानिर्देशक सहसचिव सापकोटाले समितिलाई समय दिन सकिरहेका थिएनन् । कार्यव्यस्थता देखाउदै उनि प्रायः सबै बैठकमा पुर्ण समय बस्दैन थिए ।

दुई जनाको नियुक्ति सँगै बीमा समितिको बोर्ड पुर्ण भएको छ । बीमा ऐन अनुसार बीमा समितिको अध्यक्ष कार्यकारी हुने व्यवस्था छ । त्यस्तै अन्य सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली रहेका छन् ।

बोर्ड पुर्ण भए सँगै बीमा समितिले लामो समयदेखि रोकिएर राखेका कतिपय योजनालाई अगाडी बढाउन सक्ने देखिन्छ । माइक्रोइन्स्योरेन्स कम्पनीको लाइसेन्सको प्रकृयाँदेखि लिएर जीवन तथा निर्जीवन बीमा कम्पनीहरुकै लाइसेन्स खुला गर्ने विषय पुर्ण बोर्ड नहुँदा अड्किएर बसेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS