काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । कम्पनीले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर केही, सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्टका लागि केही, लिगल एण्ड शेयर डिपार्टमेन्टका लागि केही, इन्फरमेशन टेक्नोलोजी डिपार्टका लागि केही, इन्फरमेशन सेक्रेटरी अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
त्यस्तै, बैंकले रिलेशनसिप म्यानेजरमा केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । साथै, बैंकले अपरेशन डिपार्टमा सुपरभाइजर,सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस २१ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।