काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेको छ । आज तेजाबी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँमा स्थिर रहेको छ ।