Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको आधारमा २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागी समेत गरी १ दशलमव ०५ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको ११४ औं बैठकले यस कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल सम्म कायम रहेको चुक्ता पूँजी २,२१,१०,००,००० को २१ दशमव ०५२६३१५६९ प्रतिशतले हुन आउने लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । उक्त लाभांशमध्ये २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६३१५६९ प्रतिशत नगद लाभांश (कर प्रयोजन को लागि) हुनेछ ।

साथै वासलात मितिमा कायम रहेको चुक्ता पूँजी २,०१,००,००,००० को आधारमा प्रस्तावित लाभांश २३ दशमलव १५७८९४७२६ प्रतिशत हुने र सो मध्ये २२ प्रतिशत बोनश शेयर र १ दशमलव १५७८९४७२६ प्रतिशत नगद लाभांश हुनेछ।

उक्त निर्णय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी १९औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लगानीकर्ताले पाउने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS