Connect IPS
IME Life

गिरीको परिवारलाई रिलायन्स लाइफद्धारा ४६ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका रोल्पा न.पा.३ खुमेलका दुर्गा बहादुर गिरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

आज एक कार्यक्रमकाबीच कम्पनीका एरिया मेनेजर रुद्र प्रसाद अधिकारी, घोराही शाखा प्रमुख तिलक पाण्डे र रोल्पा न.पा.३ नं वडा अध्यक्ष इन्द्र बहादुर थापाले सयुक्त रुपमा मृतक दुर्गा बहादुर गिरीको श्रीमती यशोदा गिरीलाई २० लाख बीमाङ्क रकमको दुर्घटना बीमा बापत ४० लाख ९८ हजार र छोरा तेन्जिङ बावु गिरीलाई ५ लाख ५ हजार गरी कुल ४६ लाख ३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

मृतक गिरीको छोरालाई मासिक ५ हजारका दरले १२ वर्ष सम्म पढाई खर्च दिने र वच्चाको बीमा प्रिमियम कम्पनीले भुक्तानी गर्ने तथा बीमा समयावधि १५ बर्षमा बीमाङ्क रकम र आर्जित बोनश प्रदान गर्ने कम्पनीका एरिया मेनेजेर रुद्र प्रसाद अधिकारीले बताए । साथै उनले कम्पनीले तोकेको समय अगावै रकम फछ्यौट गरेर बीमा प्रति आम नागरिकको विश्वास बढाएको जिकिर गरे ।

कार्यक्रममा रिलायन्स लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सि मेनेजर बालाराम खड्का, एजेन्सि मेनेजर महेन्द्र राज रोका, प्रेस सेन्टर नेपाल लुम्विनी प्रदेश सदस्य ज्ञानेन्द्र शर्मा, नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सि मेनेजर कुल बहादुर थापा र रिलायन्स लाइफ इन्स्योरेन्स रोल्पा शाखा प्रमुख मोतिलाल गिरीले बीमाको बारेमा प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS