SKIP THIS

MLBL
IME Life
Beema Board

यस्तो छ मंसिर महिनामा बीमा क्षेत्रको प्रगति विवरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंसिर महिनासम्ममा बीमाको पहुँच २८.०१ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा समितिका अनुसार वैदेशिक रोजगार बीमालेख सहित ५ प्रतिशत घटाउदा ८५ लाख ५८ हजार वटा बीमालेख बिक्री भएको छ । जवकी गत वर्षको यहि अवधिमा यस्तो बीमालेख ६६ लाख ८६ हजार मात्रै थियो । यस्तो संख्या गत वर्षको तुलनामा २८ प्रतिशतले बृद्धि भएको हो । वैदेशिक रोजगार बीमालेख संख्या भने २२ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले ले मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार पोलिसी मात्रै बिक्री गरेका छन् । यस्तो संख्या गत वर्षको भन्दा ३.१५ प्रतिशतले मात्रै सुधार भएको छ । गत वर्षको मंसिरको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १६.६८ प्रतिशतले बृद्धि भएर ५७ अर्ब ७९ करोड रुपैयाँ पुर्याउन सफल भएका छन् ।

Prabhu
Crest

निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन पनि २७ प्रतिशतले बृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीले ५ महिनाको अवधिमा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेका छन् । जीवन तथा निर्जीवनको समग्रमा हेर्ने हो भने १८ प्रतिशतले सुधार भएर ७३ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

बीमा कम्पनीहरुको कार्यालय संख्या ३२ प्रतिशतले बढेर ३७५४ वटा पुगेका छन् । कर्मचारीहरुको संख्या भने ५ प्रतिशतले बढेर १० हजार ९४७ जना पुगेका छन् । जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १९ प्रतिशतले बढेर ३९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको २० अर्ब पुगेको छ ।

Monthly Report 2078.79_Mangsir_Bb

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS