काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले दुई मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बुधबार इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीमा पाँच बर्ष पहिला उमेश ढकाल र तीन बर्ष पहिला फूर्वा तामाङले ५/५ लाखको बीमा गरेका थिए । उनीहरुको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । शाखाका एजेन्सि म्यानेजर गिता तुम्वाफोको उपस्थितीमा दुबै परिवारका सदस्यलाई इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष श्यामृकष्ण घिमिरे र शाखा प्रमुख पोख्रेलले बीमा बापत पाउने रकमको चेक हस्तान्तरण गरेका हुन् ।
कम्पनीले ढकालको परिवारलाई ६ लाख ३० हजार ५ सय र तामाङको परिवारलाई ५ लाख ८२ हजार रुपैंयाँको चेक हस्तान्तरण गरेको कम्पनीले जनाउको छ ।