काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्य सम्झौता गरेको छ । सम्झौतामा नेपाल पेमेन्ट सोलुसन्स् सीएक्सओ. प्रताप श्रेष्ठ तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकका डेपुटी सीईओ उमेश रेग्मी एवं आइटी र कार्ड प्रमुख विशल जोशीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सबै सेवा उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराउनेछ ।