Connect IPS
IME Life

सिटिजन लाइफका सिइओ पोषकराज पौडेलको कार्यकाल थप, बीमा समतिबाट स्वीकृत हुन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको कार्यकाल थप गर्ने निर्णय गरेको छ । पौडेलको कार्यकाल यहि पुस मसान्तबाट सकिदैछ । उनको कार्यकाल सकिनु एक महिना अगाडी नै सञ्चालक समितिले ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो ।

सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा समितिले स्वीकृति दिए पछि मात्रै उनलाई कम्पनीले आधिकारिक रुपमा कार्यकाल थपको निर्णय गर्नेछ । पछिल्लो समय बीमा समितिमा कार्यकाल थपका लागि गएका प्रस्तावहरु कुनै पनि अस्वीकृत भएको पाइदैन । बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवी बनाएका पौडेल जीवन बीमक संघको उपाध्यक्ष समेत हुन् । उनको दोस्रो कार्यकाल यहि माघ एक गतेदेखि सुरु हुनेछ ।

Prabhu
Crest

सिटिजनले पौडेललाई २०७४ माघमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनले बैंक, बीमा तथा वित्तीय क्षेत्रमा तीन दशक भन्दा लामो समय विताइसकेका छन् । सिटिजनमा आउनु अगाडी पौडेल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ‘मेट लाइफ’मा वित्त प्रमुखको रुपमा थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका उनले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिम लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS