Connect IPS
IME Life

एक इन्स्योरेन्स कम्पनी सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सूर्या लाइफ इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत बोनश शेयर र शून्य दशमलव ६६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

यस प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते साधारण सभा आयोजना गरेको छ । सभा होटल हैरिसन प्यालेस बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो ।

एनएमबि लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएकाले बिहीवार अर्थात् पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१ दशलमव ५० प्रतिशत बोनश शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।

त्यसैगरी, ज्योति विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएसँगै पुस ८ गते बिहिवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले ११ प्रतिशत बोनश शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते साधारण सभा आयोजना गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS