IME Life
Beema Board

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा पुस २८ गते, लाभांश पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले सुनसरी उद्योग वाणिज्य संघमा सभा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशतले हुन् आउने १० करोड ६० लाख ५१ हजार १ सय ३२ रुपैयाँ ६९ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ० दशमलव ७० प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६ सय ३८ रुपैयाँ ५६ पैसा नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले संचालक समितिको तर्फवाट प्रस्तुत हुने अध्यक्षको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिबेदन उपर छलफल गरी प्रतिबेदन पारित गर्ने, । लेखा परिक्षकको प्रतिबेदन सहितको २०७८ अषाढ मसान्तको बासलात, २०७७ श्रावण १ गते देखि २०७८ अषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाह बिबरण पारित गर्नेछ ।

त्यसैतै, सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को हरहिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (बर्तमान लेखापरिक्षक श्री अनुप कुमार श्रेष्ठ वि.आ.एस. न्यौपाने पुनः लेखापरीक्षणको लागी योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको नियमावली बमोजिम सर्वसाधारण शेयरधनिको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने,कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन संशोधन तथा थप गर्ने, मितेरी डेभललपमेन्ट बैंक लिमिटेड र अन्य कुनै उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा यस बैंक र अन्य कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धि सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पुर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियमनकारी निकायले दिएको निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै संशोधन गर्नु परेमा त्यस्तो संशोधन गर्ने लगायतका अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव ापरित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS