IME Life
Beema Board

नेप्सेमा ४ कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ। नेप्सेले एमएमबि बैंक, नेपाल एसबिआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको शेयर मूल्य समायोजन गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले एनएमबि बैंकको १२ दशमलव ५० प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो। त्यसैगरी छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो। समायोजन पश्चात एनएमबि बैंकको शेयर मूल्य ३३६ रुपैयाँ ३६ पैसा, एसबिआई बैंकको ३४४ रुपैयाँ ८३ पैसा, छिमेक लघुवित्तको १ हजार २४० रुपैयाँ ८ पैसा र गणपति लघुवित्तको १ हजार १७४ रुपैयाँ ७९ पैसा कामय भएको छ।

Prabhu
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीहरुको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात पुस ६ गते एनएमबि बैंकको शेयर प्रतिकित्ता ३७८ रुपैयाँ ४० पैसा, नेपाल एसबिआई बैंकको ३५६ रुपैयाँ ९० पैसा, छिमेक लघुवित्तको १ हजार ५७४ रुपैयाँ ९० र गणपति लघुवित्तको १ हजार ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS