SKIP THIS

MLBL
IME Life
Beema Board

बीमालेख निर्देशिका विपरित बीमालेख कर्जा दिंदै वाणिज्य बैंकहरू

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भारतीय संयुक्त लगानीको एभरेष्ट बैंक लिमिटेडले नियम विपरित बीमालेखको धितोमा कर्जा सुविधा जारी गरिरहेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ मा बीमकले बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्ने प्रावधान उल्लेख छ । निर्देशिकामा यस्तो ऋण बैंक वा वित्तीय संस्थाबाट प्रवाह गर्न सकिने भन्ने कुनै व्यवस्था उल्लेख छैन ।

तर एभरेष्ट बैंकको साथै अन्य वाणिज्य बैंकहरुले समेत आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर बीमालेख निर्देशिकाको उलंघन गर्दै बीमालेखको धितोमा ऋण प्रवाह गरिरहेका छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले सर्वसाधारणसँग निक्षेप संकलन र ऋण उपलब्ध गराउँदा अधिकार क्षेत्र मिचेको वा कानून विपरित सेवा प्रवाह गरेको मानिए झैं बैंक तथा वित्तीय संस्थाले बीमालेखको धितोमा कर्जा उपलब्ध गराउनु अधिकार क्षेत्रबाहिर गएर सेवा प्रदान गरेसरह हो ।

एभरेष्ट बैंकको वेभसाइटमा उल्लेख गरिए अनुसार समर्पण मूल्यको लागी योग्य भएको बीमालेखको धितोमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने उल्लेख छ । राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र अमेरिकन लाईफ इन्स्योरेन्स (मेट लाईफ) बाट जारी बीमालेखको धितोमा ऋण सुविधा उपलब्ध गराइने बैंकले उल्लेख गरेको छ ।

बीमालेखको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा सुविधा उपलब्ध गराउँदा बजारको ब्याजदर घटबढ सँगै कर्जाको ब्याज दर पनि घटबढ हुने जोखिम हुन्छ । साथै ब्याज वापतको आम्दानी बीमा कम्पनीको कोषमा जम्मा हुने नभई बैंंक वा वित्तीय संस्थाले प्राप्त गर्ने भएकोले बीमा कम्पनीको कोषमा समेत यसले नकारात्मक प्रभाव पारेको हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS