IME Life
Beema Board

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २९ गतेदेखि शेयर लिलामीमा विक्री गरेको थियो । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहका २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता शेयर लिलामीमा विक्री गरेको हो

उक्त शेयरमा आवेदन दिदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबैभन्दा बढी रकम कबुल गर्नेलाई पहिला शेयर वितरण गरिने छ भने त्यसपछि शेयर बाँकि रहेसम्म क्रमश दोस्रो , तेस्रो , चौथो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रदमा ६ हजार १ सय ८० जना आवेदकबाट २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ कित्ता शेयरको लागि आवेदन परेकोले सोहि बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आवेदन नपरेको २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता लिलामीमा आएको हो।

शेयर बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा आवेदन दिन सकिने छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीमा आवेदन दिन सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS