काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आज विहान ८ बजेको सञ्चालक समितिको बैठकले ५.७५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३० प्रतिशत सहित ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ९ अर्ब तीन करोड रुपैयाँ रहेको छ । प्रस्तावित ५१ करोड ९४ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छन् । साधारणसभाले प्रस्तावित लाभांश पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । सेञ्चुरी बैंकले लाभांश घोषणा गरे सँगै अव सूचिकृत बाणिज्य बैंकहरु मध्ये सिभिलले मात्रै लाभांश घोषणा गर्न बाँकी छ ।