Connect IPS
IME Life

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७३ रुपैयाँसम्म पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीको यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ, बोनसदर कायम गरेकोे छ ।

Prabhu
Crest

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४०१ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४९ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ८ हजार ५८० वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सिटिजन शुभारम्भ योजना सावाधिक बीमालेख
सटिजन शुभारम्भ योजना सावाधिक बीमालेख कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै ४ हजार ३१३ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ३५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै २० वर्ष वा सो अवधिभन्दा माथिको ४ हजार ५८० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३० रुपैयाँ बोनश प्राप्त गर्ने छन ।

सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको मात्रै ६ हजार ७ सय ८२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS