Connect IPS
IME Life

एभरेष्ट बैंकको एजिएम आज, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको २७ औ वार्षिक साधारण सभा आज पुस एक गते हुँदैछ । बैंकले भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रिय कार्यालय बाटै विहान साढे ११ बजेदेखी साधारणसभा सुरु हुने बैंकले जनाएको छ ।

सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र ४ दशमलव ३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । सभाले २०७८ असार ३१ गतेसम्मको लेखापरीक्षण तथा वासलात, नाफा नोक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने बिषय सूचि रहेको छ ।

Prabhu
Crest

कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक हालको चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुने ५३ करोड ३६ लाख रुपैयाँ बराबरको बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ भने ४।५ प्रतिशतका दरले हुने ३८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारितका लागि सिफारित गर्ने भएको छ । सभाले दुबै प्रस्ताव पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ । पूँजी बृद्धि भए सँगै प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव साधारणसभा पेश हुनेछ ।

बैंकले प्रस्ताव गरेको लाभांश मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्ने छन् । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS