SKIP THIS

MLBL
IME Life
Beema Board

बीमा समितिको भवन शिलान्यास, पोलिसी जारी गर्दा २० पटक सोच्न अर्थमन्त्रीको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकास तथा भवन निर्माणमन्त्री राम कुमारी झाँक्रीले संयुक्त रुपमा बीमा समितिको भवन शिलान्यास  गरेका छन् । बीमा समितिले आफ्नै जग्गामा अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । समितिले १० रोपनी क्षेत्रफलमा ४१ करोड ९२ लाख रुपैयाँको लागतमा भवन बनाउन लागेको हो ।

भवन निर्माण कार्यक्रमलाई संवोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमाका कारण सरकारलाई ठुलो आर्थिक भार परेको भन्दै यस्ता पोलिसी जारी गर्नु अगाडी २० पटक सोच्न समेत निर्देशन दिएका छन् । सरकारले कोरोना बीमाको विषयमा पनि छिट्टै निर्णय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्

Prabhu
Crest

शर्माले बीमा समितिबाट जारी भएको पुनर्बीमा सम्बन्धी निर्देशनका सम्बन्धमा मन्त्रालयले अध्ययन गरिरहेको बताएका छन् । एउटा मन्त्रीले शेयर बजार बढाउने वा घटाउने काम गर्दैन भन्दै मन्त्री शर्माले यसका लागि नीतिगत निर्णय मात्रै गर्ने उल्लेख गरेका छन् । मन्त्रीले बोलेकै भरमा बजार बढाउने वा घटाउने विषयलाई लिएर उनले यस्तो अभिव्यक्ति दिइएका हुन् । धितोपत्र बोर्ड र नेप्सेको प्रमुखको नियुक्तिको प्रकृयाँ पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन् ।

भवन शिलान्यास कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, भवन विभाग प्रमुखका महानिर्देशक, बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS