IME Life

भारतमा ५ लाखसम्मको बचतको बीमाको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । भारत सरकारले सर्वसाधारण बचतकर्ताले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको ५ लाख रुपैयाँसम्मको निक्षेपको जोखिम बीमाको घोषणा गरेको छ । निक्षेप तथा कर्जा सुरक्षण सम्बन्धी कानूनमा संशोधन गर्दै भारत सरकारले व्यक्तिगत बचतकर्ताको न्यूनत्तम ८ लाख रुपैयाँ९भारु ५ लाख० सम्मको निक्षेप बैंक तथा वित्तीय संस्था डुबेको अवस्थामा समेत तत्काल भुक्तानी गरिने घोषणा गरेको हो । यसअघि १ लाख ६० हजार रुपैयाँ (भारु १ लाख) सम्मको मात्र सुरक्षाको ग्यारेन्टी गरिएको थियो ।

यो कार्यक्रम लागू भएपछि कुनै पनि बैंक तथा वित्तीय संस्था वित्तीयरुपमा टाट पल्टिए वा समस्याग्रस्त भएको अवस्थामा समेत सर्वसाधारण निक्षेपकर्ताले आफूले बचत गरेको रकमको अधिकतम ५ लाख भारुसम्म ९० दिनभित्र फिर्ता पाउनेछन् । भारत सरकारले निक्षेप तथा कर्जा सुरक्षा कार्यक्रम अन्तर्गत ९८ प्रतिशत बचतकर्ताहरु समेटिएको दाबी गर्दै यो संसारकै सबैभन्दा ठूलो बचत जोखिम बहन कार्यक्रमको रुपमा लागू गरिएको घोषणा गरेको छ ।

Prabhu
Crest

भारतमा अहिले २ अर्ब ५२ करोड ६० लाख बचतकर्ता रहेका छन् । यीमध्ये २ अर्ब ४७ करोड ८० लाख बचतकर्ताको बैंक खातामा ५ लाख रुपैयाँभन्दा कम निक्षेप रहेको भारतीय अखबार इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS