काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर मंसिर २९ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहका २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता शेयर मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म लिलामीमा विक्री गर्ने जनाउको छ । गर्ने भएको हो ।
उक्त शेयरमा आवेदन दिदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । सबैभन्दा बढी रकम कबुल गर्नेलाई पहिला शेयर वितरण गरिने छ भने त्यसपछि शेयर बाँकि रहेसम्म क्रमश दोस्रो , तेस्रो , चौथो बढी मूल्य कबुल गर्नेलाई शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले असोज २५ गतेदेखि कार्तिक २९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ दशमलव ४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
हकप्रदमा ६ हजार १ सय ८० जना आवेदकबाट २४ लाख ६ हजार १ सय ६ दशमलव ४७३८ कित्ता शेयरको लागि आवेदन परेकोले सोहि बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आवेदन नपरेको २७ हजार २ सय ५७ दशमलव २००४ कित्ता लिलामीमा आएको हो।
शेयर बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लिलामीको शेयरको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगरमा आवेदन दिन सकिने छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीमा आवेदन दिन सकिने छ ।