Connect IPS
IME Life

ओरियण्टल इन्स्योरेन्सको मुनाफा २ करोड ५४ लाख रुपैयाँ, ७३ करोडको दाबी तिर्न बाँकी  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय बीमा कम्पनी ओरियण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ६९ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ प्रतिशतले सुधार गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २३ करोड १९ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

गत वर्षको यहि अवधिमा १७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष भने २ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको यस वर्ष बीमा शुल्कमा सुधार देखिए पनि बीमा पोलिसीको संख्या भने घटेको छ । गत वर्षको यहि अवधिमा ७ हजार ३१० वटा पोलिसी बिक्री गरेकोमा यस वर्ष भने जम्मा २ हजार १५४ वटा मात्रै पोलिसी जारी गरेको देखिन्छ ।

यस वर्ष कम्पनीको पुनर्बीमा कम्पनी खर्च भन्दा कमिशन आय अत्याधिक धेरै छ । कमिशन खर्च बापत ९ लाख १७ हजार मात्रै हुँदा आम्दानी भने २ करोड २ लाख रुपैयाँ छ । लगानी तथा अन्य आय बापतको आम्दानी पनि बढेको देखिन्छ ।

कम्पनीले अझै ७२ करोड ९९ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा ७४ करोड ४२ लाख रुपैयाँ थियो । कम्पनीले २ हजार १९९ वटा पोलिसीको दाबी भुक्तानी गर्न सकेको छैन ।

भारतीय बीमा कम्पनीको शाखा कार्यालयको रुपमा निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले यसको चुक्ता पूँजी छैन । चुक्ता पूँजी नभए पनि गत वर्षको यहि अवधिमा ४ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषमा यस वर्ष भने १५ करोड २४ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।  बीमा कोषमा पनि ९९ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS