काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ८३ जना कर्मचारी माग गरेको छ । बैंकले सहायक निर्देशक (अधिकृत तृतीय)मा ४५ जना, सहायक निर्देशक (अधिकृत तृतीय) लेखा लेखापरीक्षणमा ६ जना, सहायक निर्देशक (अधिकृत तृतीय) वाणिज्य कानुनमा २ जना, तथा सहायक (सहायक द्वितीय)मा २५ जना कर्मचारी माग गरेको छ । प्राविधिकमा ५ जना सहायक निर्देशक (अधिकृत तृतीय) का लागि कर्मचारीको माग गरेको छ ।
सम्बन्धीत पदका लागि सम्बन्धीत विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट परीक्षा उत्र्तिण गरेको हुनुपर्नेछ । राष्ट्र बैंकले योग्य तथा इच्छुक उम्मेदवारलाई आज मङ्सिर २४ गतेदेखि राष्ट्र बैंकको वेबसाइट मार्फत पुस १५ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर पुस २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।