Connect IPS
IME Life

तीन कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेले आज लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश शेयरको मूल्य समायोजन भएको छ भने नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।

लक्ष्मी बैंक, समता घरेलु लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनका लागि र नारायणी डेभलपमेण्ट बैंकले हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनश शेयरको मुल्य समायोजनपछि शेयर मूल्य २७० रुपैयाँ ३७ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयर मूल्य २९२ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि समेत वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ८ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनश शेयरको मुल्य समायोजन गरी १ हजार १२५ रुपैयाँ ८३ पैसा तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । नेप्सेले बिहीवार अन्तिम शेयर मुल्य १३ सय ५१ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

समता घरेलु लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ७ गते साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेप्सेले नारायणी डेभलपमेण्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजन पछि शेयर मूल्य ४७८ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन कायम अन्तिम शेयर मूल्य ८५६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

बैंकले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS