IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सको एजिएम आज,लाभांश पारित सहित यस्ता छन् अन्य एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज मंसिर २४ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारितगर्नेछ ।

Prabhu
Crest

यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ ।

सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ देखि २४ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS