Connect IPS
IME Life

नेको इन्स्योरेन्सको ‘बीमा भवन’ भव्य उद्घाटन, हेर्नुहोस् फोटो फिचर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २५ वर्षमा आफै भव्य भवनमा कार्यालय स्थापना गर्न सफल भएको छ । कम्पनीले आजदेखि आफ्नो कर्पोरेट अफिस आफ्नै भवनमा सारेको छ । भवनको उद्घाटन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरेका थिए । अनामनगरमा बैंक अफ काठमाण्डूको विल्डिङबाट कर्पोरेट कार्यालय सञ्चालन गर्दै आएको नेकोले आजदेखि आफै भवनबाट सेवा प्रवाह गरेको छ । अध्यक्ष सिलवालले उद्घाटन गरेको यस भवनको नाम ‘बीमा भवन’ राखिएको छ ।

उद्घाटन कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी, कम्पनीका सञ्चालकहरु, कर्मचारी लगायतको उपस्थिति थियो । भवन उद्घाटन सँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले भवनको अवलोकन गराएका थिए । पहिलो र दोस्रो तल्ला भाडामा दिइएको छ भने बाँकी कर्पोरेट कार्यालयका लागि प्रयोग भएको छ ।

Prabhu
Crest

अन्य बीमा कम्पनीहरुको आफ्नै भवन हुँदै गर्दा नेकको नहुँदा सञ्चालक तथा शेयरधनीहरुले प्रश्न गर्दै आएका थिए । लगानीकर्ता तथा सञ्चालकको अनुरोध आज आएर पुरा भएको सिइओ खण्डकाले जानकारी दिए । कम्पनीले नयाँ भवनबाट नयाँ जोश जागरका साथ बीमा व्यवसाय अझ बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

हेर्नुहोस् भवन उद्घाटनको दृश्यहरु

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS