IME Life
Beema Board

लघु जीवन बीमा पोलिसीमा आकर्षण, व्यवसाय भने सावधिककै भरमा (कुन पोलिसीमा कति आकर्षण)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लघु जीवन बीमा पोलिसीमा अत्याधिक आकर्षण देखिन थालेको छ । केहि जीवन बीमा कम्पनीहरुको ध्यान नै लघु जीवन बीमा पोलिसीमा रहेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले एक लाख ६५ हजार २०२ वटा लघु जीवन बीमा पोलिसी बिक्री गरेका छन् । तर यस पोलिसीबाट जीवन बीमा कम्पनीहरुले जम्मा १० करोड २३ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

यस व्यवसायमा मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको मात्रै सहभागिता रहेको देखिन्छ । लघु जीवन बीमा भएको हुँदा संख्या धेरै देखिन्छ तर बीमा शुल्क आर्जन भने देखिदैन । तर जीवन बीमा कम्पनीको मुल व्यवसाय भने सावधिक जीवन बीमाकै भरमा चलेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बीमा कम्पनीहरुले सावधिक जीवन बीमा पोलिसी मार्फत २० अर्ब ८२ करोड रुपैयाँ आर्जन गरेका छन् । पोलिसी संख्या भने एक लाख ५२ हजार रहेको छ । त्यस्तै आजीवन जीवन बीमा पोलिसी मार्फत भने २ अर्ब २ करोड रुपैयाँ आर्जन गरेका छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना मार्फत भने ७ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उनिहरुले २१ हजार ६०४ वटा पोलिसी बिक्री गरेको देखिन्छ । यो पोलिसीको बोनश शेयर धेरै राम्रो छैन तर अभिकर्ताहरुले अझ कम्पनीहरुले प्रमुख प्राथमिकताका साथ यो पोलिसी बिक्री गरिरहेका छन् । कतिपय कम्पनीलाई यस्तो पोलिसीले ठुलो असर पुर्याएको छ । यसै क्रममा केहि कम्पनीले पोलिसी नै परिमार्जन गरेको देखिन्छ ।

रुपान्तरित सावधिक जीवन बीमा योजनाबाट कम्पनीहरुले ४ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उनिहरुले २० हजार ५३४ वटा पोलिसी बिक्री गरेको देखिन्छ । सामान्य म्यादी जीवन बीमा योजना तर्फ हेर्यो भने कम्पनीहरुले एक अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । उनिहरुले १३ लाख ७७ हजार वटा पोलिसी बिक्री गरेका छन् ।

विशेष म्यादी जीवन बीमा योजना भने जम्मा १७ हजार १०४ वटा मात्रै पोलिसी बिक्री गरेको देखिन्छ । यस बापत उनिहरुले २ करोड ५४ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । अन्य विविध किसिमका जीवन बीमा योजना हेर्यो भने लगभग ५ हजार २७ वटा पोलिसी बिक्री भएको देखिन्छ । जसबाट ७३ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ११ अर्ब २६ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् ।

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीहरुले ३७ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन भने जम्मा ९ अर्ब ७८ करोड रुपैयाँ छ भने नविकरण बीमा शुल्क भने २७ अर्ब ५५ करोड रुपैयाँ छ ।

पोलिसी संख्या 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS