जीवन बीमाको लागि प्रस्तावकले प्रस्ताव फाराम भरे पछि बीमकले बीमा स्वीकार गर्ने वा नगर्ने निर्णय अण्डराइटिङ पछि मात्रै गर्नुपर्छ । यसमा लागि सबैभन्दा पहिला बीमितले पेश गरेका कागपत्रको जाँच पड्ताल गर्नु पर्छ । जाँच पड्तालका क्रममा बीमा स्वीकार गर्न योग्य छ भने मात्रै के कति बीमाशुल्क लिने र कुन शर्तमा बीमा स्वीकार गर्ने भन्ने कुराको निधो गर्ने प्रक्रिया नै अण्डराईटिङ् हो ।
प्रस्तावकको उमेर समुह, लिङ्ग, शारिरिक अवस्थालाई जोखिमाङ्कन गर्नु पर्छ । बीमा गर्न आउने सबै व्यक्तिहरु बीमा गर्न योग्य हुँदैनन् । महिलाको बीमा गर्दै छौ भने सबैभन्दा पहिला उनिहरुको अवस्थालाई मूल्याङ्कन गर्नु पर्ने हुन्छ । त्यस्तै बालबालिका, अपाङ्गताका आधारहरुलाई हेरेर मात्रै बीमा स्वीकार गर्नु पर्छ । कुनै महिला सुत्केरी भएको तीन महिनासम्मको हकमा बीमा गरिदैन । तर गर्भवती भएको २४ हप्ता भित्र बीमा प्रस्ताब पेश गरेको भएमा बीमा गरिन्छ । यसका लागि स्त्री रोग विशेषज्ञको निगरानीमा रही सुत्केरी गराई पूर्ण स्वस्थ रहेको प्रतिवेदन पेश गर्नु पर्नेछ । यसका साथै स्वास्थ्य परिक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।
वित्तिय अवस्थाको कारणले महिलाले गर्भवतीको समयमा आफ्नो स्वास्थ्यको राम्ररी हेरचाह गर्ने अवसरबाट वन्चित भएकी अथवा सुरक्षित मातृत्वको सुविधा नभएको ग्रामिण भेगका महिलाहरुको हकमा प्रथम बीमाशुल्कमा एक पटकको लागि थप शुल्क लिएर बीमा गराउन सकिन्छ । त्यस्तै धेरै पटक गर्भ पतन गराएकी महिलाको पनि बीमा गरिदैन । श्रीमानबाट सम्बन्ध विच्छेद नगरी अलग्गै बस्ने महिलाको हकमा पनि कारण पत्ता लगाएर मात्रै बीमा गराउनु पर्छ ।
शल्यक्रियाराद्वारा बच्चा जन्माएकी महिलाको हकमा प्रथम बीमाशुल्कमा एक पटकको लागि थप शुल्क लाग्दैन । अपाङ्ग भएको व्यक्तिहरुको जीवन बीमा गराउदै छौ भने उनिहरुको अवस्थाअनुसार दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । पहिलो जन्मजात अपाङ्ग अथवा दुर्घटनाबाट अपाङ्ग र दोस्रो विभिन्न रोगका कारण अपाङ्ग के हो पत्ता लगाउनु पर्छ । यदि कुनै अपाङ्ग व्यक्ति पूर्ण रुपमा रोजगार छ र सम्भावित दुर्घटनाबाट बच्न सक्ने क्षमता राख्दछ भने मात्र त्यस्तो व्यक्तिलाई जीवन बीमा प्रदान गर्न सकिन्छ ।
अपाङ्ग भएका व्यक्तिहरुको हकमा टर्म राइडर सुविधा प्रदान गरिदैन । परिपक्क अवधी ५० वर्षभन्दा बढी हुनु हुँदैन । बीमा कम्पनीको योजना अनुसार कुन अवस्थाको व्यक्तिलाई कुन पोलिसी बिक्री गर्न सकिन्छ भन्ने कुरामा चनाखो हुनु पर्छ ।
यदि कुनै व्यक्ति जन्मजात अपाङ्ग अथवा दुर्घटनाबाट अपाङ्ग भएको छ तर हिडडुलमा सामान्य असर पुर्याएको छ भने प्रिमियम थप गरेर पोलिसी बिक्री गर्न सकिन्छ । सामान्य हिडडुल गर्ने अवस्थाकै अपाङ्गहरुको अवस्था अनुसार बीमा शुल्कमा फरक फरक दर निर्धारण हुन्छ । यो कम्पनीको नियमअनुसार फरक पर्दछ ।
यदि बीमा कम्पनीका सम्बन्धित अधिकारीबाट दुर्घटना लाभ नदिने निर्णय भयो भने स्थायी अपाङ्ख भएको व्यत्तिलाई दुर्घटना लाभ प्रदान नगर्न पनि सक्छन् । शाखा प्रवन्धकद्वारा नैतिक जोखिम प्रतिवेदन पेश गर्नु अनिवार्य हुन्छ ।
रक्तश्राप, हाइडोसिल, पाईरिया, १८ भन्दा बढी दाँत नभएका, ट्रकोमा इत्यादी भएका व्यक्तिले थप बीमाशुल्क तिर्नु पर्ने हुन सक्छ । बिशेष कमजोरीहरुको लागि प्रतिक्षा गर्नु पर्ने समयावधि फरक फरक हुन सक्छ । जस्तो गर्भपतन भएको ३ महिना पछाडि मात्रै बीमा गर्न सकिन्छ ।
रक्त अल्पताको हकमा राम्ररी उपचार नभएसम्म रक्त अल्पताबाट ग्रसित व्यक्तिको प्रस्तावलाई स्वीकार गर्न सकिंदैन । एपेन्डिसाईटिसको हकमा शल्यक्रिया भएको अथवा स्वस्थ्य भएको १२ महिना पछाडि मात्रै बीमा गर्न योग्य मानिन्छ । पेट सम्बन्धी अल्सर भएको अवस्थामा शल्यक्रिया भएको अथवा स्वस्थ्य भएको १२ महिना पछाडी मात्रै बीमा गराउनु पर्छ ।
पखालाको हकमा उपचार गराएको ५ महिना पछाडी, यदि पखाला लामो समयसम्म रहेमा महिना पछि मात्र प्रताव स्वीकार गरिन्छ । रिङ्गटा लाग्ने रोग लागेमा घटना भएको ६ महिना पछि मात्र योग्य हुन्छ । पित्त थैलीको शल्यक्रिया गरेको ६ महिना पछि अथवा यदि शल्यक्रिया गरिएको छैन भने राम्ररी उपचार भएको १२ महिना पछाडि मात्र बीमा गर्न योग्य मानिन्छ ।
हाईड्रोसिल भएका व्यक्तिका लागि शल्यक्रिया गरिएको छैन भने राम्ररी उपचार भएको १२ महिना पछाडि मात्र बीमा गराउन सकिन्छ । जन्डिस भएको छ भने राम्ररी उपचार भएको १२ महिना पछाडि मात्र बीमा गर्नु पर्छ । शल्यक्रिया भएको ६ महिना पछि अथवा राम्ररी उपचार भएको १२ महिनापछि मात्रै बीमा गर्न योग्य मानिन्छ ।
निमोनिया, टाईफाईडपूर्ण रुपले निको भएसकेको ५/६ महिना पछि मात्रै बीमा गराउनु पर्छ । यदि प्रस्ताबकलाई मुटु, टि.बी., प्लुरिस, कुष्ठरोग, क्यानसर, डायाबेटिज, छारे रोग, बाथ रोग, इन्सेफ्लाईटिस, दम, पेटको अल्सर, ग्यास्टिक, फोक्सोको अल्सर, ब्रोनकाइटिस्, पत्थरी, गलगााँड, टाउकाको चोटपटक, स्नायु सम्वन्धि समस्या, घाँटी दुख्ने, पाठेघरको निष्कासन, पत्थरी समस्या, पत्थरी सिकायतको समयस्या छ भने विशेष स्वास्थ्य परिक्षणको आवश्यकता पर्दछ । बालबालिकाको सम्बन्धमा
बालबालिकाको बीमा गर्दा प्रस्तावको सबै बीमायोग्य नाबालक छोरा छोरीको समान बीमाङ्क बीमा गर्नु पर्ने हुन्छ । बालबालिकाहरुको कुल बीमाङ्क ५० लाखको सीमा भित्र रही गर्नु पर्छ । सोभन्दा बढी बीमा गराउनु पर्दा प्रस्तावको पनि बालबालिकाहरुको बीमाङ्क बराबरको बीमाङ्क कायम हुने गरी बीमा गराउनु पर्ने ।
बीमित बालबालिकाको जोखिम सुरक्षण हुनु अधि मृत्यु भएमा वापत लिइएको बीमाशुल्क फिर्ता गर्नु पर्छ । बीमित बालबालिकाहरुको जोखिम सुरक्षण भैसकेपछि मृत्यु भएमा तत्काल बीमाङ्कको २५ प्रतिशत प्रस्तावकलााई फिर्ता दिने र बाँकी ७५ प्रतिशत तथा मृत्यु हुँदासम्म आर्जित बोनस एकमुष्ट बीमा अवधि समाप्ती भएपछि भुक्तानी गर्नुपर्ने हुन्छ ।
बालबालिकाहरुको बीमा प्रस्ताब गर्दा प्रस्तावकले बीमा अवधि समाप्ति मितिसम्म आर्थिक रुपमा बीमाशुल्क भुक्तान गर्न समक्ष रहेको र ठूलो बीमाङ्कको हकमा आफ्नो समेत बीमा निरन्तर गर्न सक्ने गरी निजको आर्जनले थेग्ने गरी बीमकले वित्तीय जोखिमाङ्कन गर्नु पर्ने हुन्छ ।
१८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई दुर्घटना लाभ प्रदान गरिदैन । तर दुर्घटना लाभ १८ वर्ष पछि भने लिन सकिन्छ । कम्पनी अधिकारीद्वारा अभिकर्ता गोप्य प्रतिवेदनलाई प्रमाणित गर्नु पर्छ ।
कम्पनी अधिकारीद्वारा अभिकर्ता गोप्य प्रतिवेदनलाई प्रमाणित गरी सकेपछि मात्र व्यक्तिहरुको प्रस्ताव पेश गर्नु पर्दछ । जसमा अभिकर्ताको आफ्नै जीवन बीमा भएमा वा प्रवन्धकद्वारा अभिकर्ता गोप्य प्रतिवेदन भर्ने तथा सो प्रतिवेदन प्रमाणित गर्नु पर्छ ।
अभिकर्ताको आफ्नै जीवन बीमा भएका ऐजेन्सी मेनेजरद्वारा अभिकर्ता गोप्य प्रतिवेदन भर्ने तथा प्रतिवेदन शाखा प्रवन्धकले भर्ने तथा सो प्रतिवेदन प्रमाणित गर्ने तर अभिकर्ता गोप्य प्रतिवेदन भरेको जीवन बीमा मान्य हुने छैन ।