काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टीलरीको १७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।