Connect IPS
IME Life

तीन महिनामै १० अर्बकाे चाँदी आयात 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैँ । चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा चाँदी आयात २० गुणाले वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असाेज २०७७ सम्ममा ४९ करोड रुपैयाँ बराबरको मात्र चाँदी आयात भएको थियो ।असाेज २०७८ सम्ममा भने नाै अर्ब ९७ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएको छ ।

Prabhu
Crest

असाेज २०७६ सम्ममा दुई अर्ब ९९ करोड रुपैयाँ बराबरको चाँदी आयात भएकोमा गत वर्ष कोभिडका कारण आयात केही प्रभावित भएको थियो । तर, यो वर्ष उच्च दरमा चाँदी आयात हुन थालेपछि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीका लागि टाउको दुखाइको विषय बनेको हो ।

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्स तथा विदेशी विनियम सञ्चितीका कारण दबाबमा रहेको नेपाल राष्ट्र बैंकले १३ मंसिरदेखि नै चाँदी आयातमा कडाइ गरिसकेको छ ।

‘अघिल्ला वर्षहरूको तुलनामा चाँदीका आयात केही अस्वभाविक देखिएको छ’, नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले भने, ‘केही प्रावधानमा कडाइ गरिसकेका छौं, आगामी दिनको आयात हेरेर थप निर्णय गछौं ।’

राष्ट्र बैंकले १३ मंसिरमा निर्देशन जारी गर्दै खुला बजार आयात इजाजत (ओजीएल) व्यवस्थामार्फत् बाणिज्य बैंक तथा व्यवसायीले चाँदी आयात गर्न पाउने र आयात गर्दा प्रति पटक ३५ हजार डलर वा सो बराबरको मात्र सटही सुविधा दिने व्यवस्था गरेको छ । यसैगरी आयातित चाँदी गरगहना र हस्तकलाका सामान निर्माण गर्नका लागि मात्र प्रयोग गर्न सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले सुन आयात र बिक्रीमा कडाइ गरे पनि चाँदीमा भने खुला छोड्दै आएको हो । चाँदीको अस्वभाविक आयात हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

चाँदीको आयात अस्वभाविक भएको व्यवसायीसमेत स्वीकार गर्छन् । ‘हाम्रो आवश्यक्ताभन्दा बढी नै चाँदी आयात भएको देखिएकाले कडाइ गर्न हामीले पनि राष्ट्र बैंकलाई सुझाव दिएका हौं’, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात हुँदा कुल वस्तु आयात चार खर्व ७८ अर्ब ५२ करोड पुगेको छ । जसको कारण तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।

तीन महिनामा रेमिट्यान्स आप्रवाह ७.६ प्रतिशतले कमि आई दुई खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ भने चालु खाता घाटा एक खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । यसैगरी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमि आई असाेज २०७८ सम्ममा १३ खर्व १९ अर्ब ३२ करोड कायम भएको छ ।
अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएपछि राष्ट्र बैंकले विलासी सामनका आयातमा कडाइ गरेको छ । न्यूज कारखाना

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS