काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आज मंसिर १९ गते १४औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको कार्तिक २३ गते विहान बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा दिनको २ बजे गर्ने जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गरेको थियो। यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा भाग लिन योग्य भएका छन् ।