IME Life

मेलम्ची नगरपालिकामा बीमा समिति, बाढीले पुर्याएको क्षतिको दाबी नपाएकाहरु आक्रोशित

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितले आज मेलम्ची नगरपालिकामा आयोजना गरेको बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा स्थानीयहरुले गएको असारमा बाढीले पुर्याएको क्षतिको दाबी भुक्तानी नपाएको भन्दै आक्रोशित व्यक्त छन् । बीमा कम्पनीहरुले क्षति मूल्याङ्कनका क्रममा प्राविधिक समस्या भएको भन्दै क्षतिमूल्याङ्कनमा ढिलाइ गरेका छन् ।

Prabhu
Crest

बीमा गर्दा घरहरु नदीबाट धेरै टाढा थियो । बाढी पछि अहिले ति घरहरु खोलाको किनारामा देखिन्छन् । कतिपय घरहरु अहिले पनि पुरिएकै अवस्थामा छन् । बैंकबाट कर्जा लिने क्रममा बीमा गर्न पुगेका उनिहरुले अहिलेसम्म पनि दाबी पाउन सकेका छैनन् । बीमा समितिका सहायक निर्देशक पुर्ण थापाका अनुसार सहभागीहरुले कार्यक्रममै दाबी नपाएको भन्दै आशु झारेका थिए भने कतिपयहरु आक्रोशित भएका थिए ।

यस्तो समस्या रहेको पाइए पछि कार्यक्रममा सहभागी बीमा समिति अधिकारीहरुले बीमा कम्पनीहरुको रोहवरमा स्थलगत निरिक्षण गरेर दाबी भुक्तानीका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

समितिले आज मेलम्ची नगरपालिकाका स्थानीय प्रतिनिधि, उद्योगी, व्यवसायी, बीमा कम्पनीका शाखा प्रमुखहरु, शिक्षक, किसान लगायत सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । समितिको तर्फबाट निर्देशक कमल रेग्मी, सहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको उपस्थिति थियो ।

कार्यक्रममा नगरपालिकाका मेयर डम्बर बहादुर अर्याल, उपमेयर भगवती नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल सहित सम्पुर्ण वडाका जन प्रतिनिधिहरुको उपस्थिति थियो । सहभागीहरुले बाढी सहित कोरोना बीमा, कृषि तथा पशुपन्छी बीमाको विषयमा गुनासो पोखेका थिए ।

कृषकहरुले बीमा कम्पनीहरु कृषि तथा पशुपन्छी बीमा गर्नै नआउने साथै आए पनि बीमा गर्नै अस्वीकार गर्ने गरेको भन्दै गुनासो पोखेका छन् । बाख्राको बीमा गर्नका लागि प्राविधिकले भ्याक्सिन लगाउनु पर्ने व्यवस्था गरिएको तर उक्त भ्याक्सिन लगाउन धेरै टाढा जानु पर्ने बाध्याताका कारण बीमा गर्न नसकिएको गुनासो व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS