IME Life

हकप्रद शेयर निष्काशनका लागि दुई बीमा सहित ७ कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा ७ वटा कम्पनीले एक अर्ब ६५ करोड २८ लाख ६४ हजार ६०० रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि निवेदन दिएका छन् । अपि पावर, नेपाल फाइनान्स,छ्याङ्दी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएका हुन् । ‍

१. अपि पावर कम्पनी

Prabhu
Crest

अपि पावर कम्पनी लिमिटेडले १ बराबर शून्य दशमलब ३ अनुपातका दरले हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

२. नेपाल फाइनान्स 

नेपाल फाइनान्स लिमिटेडले १ बराबर शून्य दशमलब ७० को अनुपातका दरले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

३. छ्याङ्दी हाइड्रोपावर

छ्याङ्दी हायड्रोपावर कम्पनीले १० बराबर ३ अनुपातका दरले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा  निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनको अनुमति मागेको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रवन्कमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

४. कर्पोरेट डेभलपमेन्ट बैंक

कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेडले १ बराबर १ दशमलब ५ अनुपातका दरले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासनको अनुमति मागेको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

५. समृद्धि फाइनान्स

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २ बराबर १ अनुपातका दरले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा बैंक अफ काठमाण्डू रहेको छ ।

६. शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा दरले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५२ करोड ७५ लाख ५७ हजार २० सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासनको अनुमति मागेको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

७. आइएमई जेनरल इन्स्योरेन्स

आइएमई जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १० बराबर ४ अनुपातका दरले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासनको अनुमति मागेको हो । हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS