काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्यतो प्रकाश पाण्डले एक वर्षमा तलब भत्ता बापत तीन करोड ६ लाख रुपैयाँ बुझेका छन् । पाण्डेले तलब मात्रै एक करोड ६० लाख रुपैयाँ बुझेका छन् । त्यस्तै एक करोड ७ लाख रुपैयाँ भत्ता बापत प्राप्त गरेका छन् । उनले २२ लाख ३३ हजार रुपैयाँ दशै भत्ता प्राप्त गरेका छन् । यसका आधारमा उनको मासिक तबल २२ लाख ३३ हजार रहेको बुझिन्छ ।
पाण्डेको सञ्चय कोषमा मात्रै १६ लाख ८ हजार रुपैयाँ जम्मा भएको छ । उनले यस बाहेक अन्य विधिध सुविधाहरु प्राप्त गरेका छन् । पाण्डेले पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल बमोजिम रकम प्राप्त गर्ने गरेका छन् । त्यस्तै सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ । बोनसको सम्बन्धमा बोनस ऐन अनुसार छुट्टै रकम प्राप्त गरेका छन् ।
जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा–बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम प्राप्त गरेका छन् । पाण्डेले पत्र–पत्रिका सहित तीन जना सुरक्षा गार्डको सुविधा समेत पाउने गरेका छन् ।