काठमाडौं । रुपन्देही सिद्धार्थनगरका युवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी स्पर्धा शर्माको उज्वल भविज्यको सुरक्षाका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा पोलिसी खरिद गरिदिएका हुन् ।
जन्मदिनको अवसरमा आयोजना भएको पोलिसी हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफका भैरहवा एशिया प्रमुख नरेश सिग्देलले बीमाको महत्व र आवश्यकताको जानकारी गराउदै सिटिजन लाइफको बारेमा जानकारी दिदै स्पर्धालाई पोलिसी हस्तान्तरण गरेका थिए ।
त्यसै गरि भैरहवा शाखा प्रमुख गिरिजा खनालले जन्मदिन जस्ता शुभ दिनमा परम्परागत प्रणाली अनुसार सुन, चादि, हिरा जस्ता बहुमुल्य चिज उपहार दिने प्रचलनलाई तोड्नु पर्नेमा जोड दिएका छन् । त्यसैगरी एजेन्सी मेनेजर श्रीधर सुवेदीले शिक्षित परिवार तर विमा बारेमा चेतना कम भएर पनि विमा नगरेको धेरै ठाँउ भेटेको र विमाको महत्त्व अझै आम सर्वसाधारण जनतालाई जानकारी नभएको भन्दै विमाको बारेमा व्यापक कार्यक्रम र जनचेतनामुलक कार्यक्रम गर्नु पर्ने कुरा उल्लेख गरे ।