IME Life

जीवन बीमा कम्पनीहरुको कुल कर्मचारी संख्या ६ हजार नाघ्यो, कुल कार्यालय संख्या कति ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिको तथ्याङक अनुसार आर्थिक वर्ष २०७८ /७९ को कार्तिक मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको शाखा संख्या २२ सय २३ वटा रहको छ भने ती कम्पनीमा ६ हजार २३ जना कर्मचारीहरु आबद्ध रहेका छन् । कार्तिक महिनामा भने कम्पनीले कुनै पनि शाखा कार्यालय विस्तार गरेको छैन र कर्मचारी पनि थपेको छैन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै कर्मचारी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेका छन् । कम्पनीमा ६६६ जना कर्मचारीहरु आबद्ध छन । एशियन लाइफमा ४५३ जना, यूनियन लाइफमा ४३१ जना र ज्योति लाइफमा ४२९ जना कर्मचारी आबद्ध रहेका छन् ।

Prabhu
Crest

त्यस्तै, नेशनल लाइफमा ३७८ जना, सन नेपाल लाइफमा ३५३ जना, रिलायबल नेपालमा ३२९ जना, सिटिजन लाइफमा ३०९ जना, प्रभु लाइफमा २९६ जना,सूर्या लाइफमा २९४ जना,रिलायन्स लाइफमा २५५ जना,आइएमई लाइफमा २५४ जना, सानिमा लाइफमा २४३ जना,एलआइसी नेपालमा २३८ जना,गुराँस लाइफमा २३३ जना,महालक्ष्मी लाइफमा २१७ जना, मेट लाइफमा १६० जना र राष्ट्रिय बीमा संस्थानमा १२४ जना कर्मचारी आबद्ध रहेका छन् ।
कुल कम्पनीको कति शाखा ?
कार्तिक मसान्तसम्ममा सबैभन्दा धेरै शाखा तथा उप शाखा कार्यालय नेपाल लाइफकै रहेको छ । कम्पनीले हालसम्म १९८ वटा शाखा तथा उप शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, सन नेपाल लाइफको १९१ वटा,यूनियन लाइफको १७८ वटा,प्राइम लाइफको १५५ वटा शाखा तथा उप शाखा कार्यालयहरु रहेका छन् ।

त्यसैगरी यस अवधिसम्ममा एशियन लाइफको १४९ वटा,सिटिजन लाइफको १४८ वटा,आइएमई लाइफको १३४ वटा, ज्योति लाइफको १२५ वटा,सूर्या लाइफको १२५ वटा,रिलायन्स लाइफको ११९ वटा,सानिमा लाइफको ११८ वटा,नेशनल लाइफको १११ वटा,प्रभु लाइफको ९९ वटा,गुराँस लाइफको ९३ वटा, रिलायबल नेपाल लाइफको ८२ वटा, एलआइसी नेपालको ८१ वटा,महालक्ष्मी लाइफको ३२ वटा,मेट लाइफको ३३ वटा र राष्ट्रिय बीमा संस्थानको २२ वटा शाखा तथा उप शाखा कार्यालयहरु रहेका छन् । कम्पनीहरुले यस शाखा तथा उप शाखा कार्यालयहरु मार्फत आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS