काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम निःशुल्क रुपमा संचालन गर्ने भएको हो ।
उक्त तालिम मंसिर २६ गतेदेखि मंसिर २८ गतेसम्म संचालन गर्ने कम्पनीले जनाएको छ । तालिम बिहान १० बजेदेखि १ बजेसम्म र दिउसो १ः३० बजेदेखि ४ः३० बजेसम्म संचालन हुनेछ । तालिममा सहभागि हुनका लागि एसएलसी, एसईई उर्तिण गरेको नेपाली नागरिक हुनुपर्नेछ ।
ईच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता तथा शैंक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, संस्थाको हकमा सिफारिसपत्र यस कम्पनीको केन्द्रीय कार्यालयमा मंसिर २३ गतेभित्र बुझाउनुपर्नेछ ।