काठमाडौं । आदर मल्टी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । सभा काठमाडौं महानगरपालिका १४, बल्खुरोडमा बिहान ९ बजे हुने जनाएको छ । सभा
भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले कम्पनीको कार्य प्रगाति विवरण पेश गरी कम्पनीको उद्देश्य प्राप्तिका लागि हालसम्म भएका कार्य तथा निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्तावहरु पारित गर्ने जनाएको छ ।