IME Life

मौद्रिक समिक्षा पछि शेयर बजारमा १०१ अंकको गिरावट

SPIL
NIC ASIA

काठमाडौं । लगानीकर्ताहरुले मौद्रिक समिक्षा मार्फत शेयर बजार सम्बन्धी केहि सकारात्मक सूचना आउने अपेक्षा गरेका थिए । तर गभर्नर महाप्रसाद अधिकारीले बजारलाई सकारात्मक बनाउने भन्दा पनि बजारलाई नकारात्मक असर पर्ने गरी समिक्षा गरिदिए । परिणाम स्वरुपम दुई कारोबार दिनमै नेप्से सूचक १०१ अंकले घटेको छ । आइतबार ८० अंकले घटेको नेप्से सूचक आज पनि २१ अंकले घटेको छ । आज नेप्से सूचक ०.८१ प्रतिशतले घटेर २६२९.९७ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम पनि चार अर्ब रुपैयाँमा खुम्चिएको छ ।

समिक्षा अगाडी करिव ७६ अंकले तल झरेको शेयर बजार समिक्षा पछि भने १०१ अंकले तल झरेको हो । यसरी मौद्रिक समिक्षाको कारण करिव १०/१२ दिनको अवधिमा १७२ अंकले तल झरेको छ ।

Prabhu
Crest

मौद्रिक समिक्षामा शेयर बजार  र व्याजदरका विषयमा केहि पनि सकारात्मक कुराहरु नआउने चर्चाले विगत १०/१२ दिनदेखि शेयर बजार तल झर्न थालेको थियो । बजार हल्ला जस्तै राष्ट्र बैंकले न त लगानीकर्ताले माग गरेको ४/१२ करोडको शेयरधितो कर्जाबाट राष्ट्र बैंक सच्चियो न त सिडी रेसियो खारेज गरी सिसिडी रेसियोलाई नै कायम गर्न सक्यो ।

आज बजार सुधार हुने केहि संकेत देखिए पनि धेरै समय टिक्न सकेन । मौद्रिक नीतिलाई कुरेर बसेका लगानीकर्ताहरु फेरि शेयर बिक्री गरेर बाहिरिएका छन् । कतिपयले मौद्रिक समिक्षासम्म कुर्ने योजना बनाएका थिए । यदि मौद्रिक समिक्षाले सकारात्मक नीति लियो भने बढुन्जेल कुर्ने तर समिक्षाले नकारात्मक नीति लियो भने बिक्री गरेर बाहिरिने योजना बनाएका थिए ।अधिकाम्स लगानीकर्ताहरुले हिजो र आज शेयर बिक्री गरेर बाहिरिएका छन् ।

केहि लगानीकर्ताहरु भने शेयर बजार सुधारको अर्को कारण कुरेर बसिरहेका छन् । बजार सुधार गराउने अर्को फण्ड चुनाव हो । यदि सरकारले चुनावको घोषणा गर्यो भने बजारले पुनः सुधारको लय समात्ने देखिन्छ । त्यतिन्जेल बजारमा सामान्य उतारचढाव भइरहने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS