काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने बताएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल मार्फत् दरखास्त दिनुपर्ने जनाएको छ ।