सानिमा जनरलले एनएफआरएस प्रणाली अनुसार तयार पार्यो वित्तीय विवरण, समितिमा पेश गर्दै

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पारेको छ । कम्पनीले तयार पारेको उक्त वित्तीय विवरणलाई सोमबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरी बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

बीमा समितिले उक्त वित्तीय विवरण स्वीकृत गरे पछि मात्रै बीमा कम्पनीले लाभांश घोषणा गर्नुका साथै साधारणसभाका लागि लेखापरीक्षण प्रतिवेदन तयार पार्न सक्ने छ । बीमा समितिले जति छिटो उक्त वित्तीय विवरण स्वीकृत गर्छ त्यति नै छिटो साधारणसभा आह्वान गर्ने बाटो खुल्नेछ ।

bc2aa0c5c91a368d67acf87005034476

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार